Body: 

नववर्ष
विक्रम संवत् अनुसार प्रत्येक सालको पहिलो दिन अर्थात् वैशाख १ गते नववर्षको रूपमा मनाइने यस दिन गुरुकुलमा विशेष कार्यक्रमको आयोजना हुन्छ । प्रातः कालमा गण्डकी स्नान गरी पूजा अर्चनाका साथै सामूहिक शुभकामना आदान-प्रदान कार्यक्रम हुन्छ ।
अक्षयतृतीया
वैशाख शुक्ल तृतीयालाई अक्षयतृतीया पर्व भनिन्छ । भगवान् शिव र भगवती पार्वतीको विवाह उत्सवको रूपमा समेत मनाइने यस पर्वमा गुरुकुलका आचार्यहरूबाट अक्षय तृतीयाको महत्त्व, परम्परा र विशेषताको प्रवचनात्मक व्याख्यान सहित नेपाली परम्पराअनुसार जौको सातु र सख्खरमिश्रित सर्वत सम्पूर्ण आचार्य, छात्र, आश्रमवासी र अभ्यागतहरूलाई वितरण गर्ने गरिन्छ ।
शंकराचार्य जयन्ती
वैशाख शुक्ल पञ्चमीलाई आद्य जगद्गुरु भगवान् शङ्कराचार्यको प्राकट्य दिवसका रूपमा मनाइन्छ । यस दिवसमा विशेष गरी साधु, सन्त, संन्यासी र छात्रहरूको उपस्थितिमा विशेष शङ्कराचार्यपूजन एवं प्रस्थानत्रयी भाष्यको विशेष विचार-विमर्श एवं पारायणा गरिन्छ । साथमा सन्तहरूको अगुवाइमा भगवान् शङ्कराचार्यको विग्रहसहितको विशाल रथयात्रा गरी भाष्यकारप्रति श्रद्धा समर्पण गरिन्छ । 
हनुमान् जयन्ती
हनुमान् पूजन, हनुमान् चालिसा पाठ एवं अन्य कार्यक्रमहरू
बुद्धजयन्ती
बुद्धतीर्थस्थलको भ्रमण पूजा(प्रार्थना, एवं वुद्ध, बुद्धदर्शनका बारेमा चर्चापरिचर्चा
गुरुपूर्णिमा 
व्यासपूजन ,गुरुपूजन, गुरु एवं तत्संबन्धि कार्यक्रम ।
नागपञ्चमी
नागपूजन, महत्त्व परम्परा र विशेषताको व्याख्या एवं अन्य कार्यक्रम ।
जनै पूर्णिमा
गंगामा श्रावणीस्ना, रक्षाबन्धनपूजा, यज्ञोपवीतधारण एवं अन्य कार्यक्रम ।
श्रीकृष्णजन्माष्टमी
उपवास, रात्री कृष्णपूजन, कृष्णविषयक चर्चा परिचर्चा, भागवत परायण एवं अन्यकार्यक्रम ।
नवरात्रमहोत्सव
दुर्गासप्तशतीपाठ, हवन, दुर्गापूजा एवं अन्य विविध कार्यक्रम ।
लक्ष्मीपूजा
दीपावली, सायं लक्ष्मपूजा एवं अन्य विशेष अनुष्ठान ।
गोरगोवर्धन पूजा
गोपूजा, गोवर्धन पूजा, त्यसको महत्त्व, परम्परा र विशेषताको वारे विविध कार्यक्रम ।
हरिबोधिनी एकादशी
तुलसी पूजा, दीपमालिका एवं अन्यकार्यक्रम ।
बालाचतुर्दशी
शिवपूजा, दीपमालिका, महत्व परम्परा विशेषताको बारे प्रकाश ।
मकरकाव्ययामिनी
कविगोष्ठी, काव्यपारायण, वाचन, श्रवण एवं अन्य विविध साहित्यिक गतिविधि ।
माघेसंक्रान्ति
गंगास्नान, विभिन्नकार्यक्रमको आयोजन ।
श्रीपञ्चमी
मन्दिरको वार्षिकोत्स, सरस्वती पूजा, नवशास्त्रारम्भ, सरस्वतीविषयक विविध कार्यक्रम ।

महाशिवरात्रि
भगवान् विद्येश्वरको पूजा आराधना, रात्रि ४ प्रहर पूजा एवं रात्रि जाग्राम ।

होली पूर्णिमा
फागुक्रीडन, महत्त्व र परम्परा संवन्धमा विशेष कार्यक्रम ।
रामनवमी
रामपूजा, रामको महत्व, आदर्श एवं चरित्रविषयक चर्चा परिचर्चा ।
गुरुकुलवार्षिकोत्सव
गुरुकुलका छात्रहरूको प्रस्तुति, दाता सम्मान , पुस्कार वितरण एवं अन्य कार्यक्रमहरू ।