पीठाधीश

  • Posted on: 10 December 2019
  • By: msgurukul
Body: 
नाम :                श्री १००८ स्वामी रमणानन्द गिरि
जन्ममिति :         २०४४/१२/२१
जन्मस्थान :        भरतपुर– ११, बसेनी, चितवन
पिताको नाम :     श्री ऋषभदेव ढकाल
माताको नाम :     श्रीमती भगवती ढकाल
वैवाहिक स्थिति :  आबाल ब्रह्मचारी
संन्यास ग्रहण :    २०७४ आषाढ मासान्त
संन्यास गुरु :       श्री १००८ डा. स्वामी रामानन्द गिरि 
स्थायी ठेगाना :    महेश संन्यास आश्रम देवघाटधाम तनहूँ
राष्ट्रियता :           नेपाली 
भाषिकज्ञानः        संस्कृत, नेपाली, हिन्दी
सम्पर्क : ईमेल     swami.ramanam@gmail.com
फोनः               +९७७–५६–५०००२०/५०००४७

शैक्षिक स्थिति :

  • विशेष अध्ययन– न्याय एवं व्याकरण (वाराणसी वि.सं. (२०६९–२०७२)
  • आचार्य– शाङ्करवेदान्त (वि.सं.२०६६)
  • महेश संस्कृत गुरुकुल विद्यापीठ (नेपाल संस्कृत विश्वविद्यालय)
  • शास्त्री– शाङ्करवेदान्त/नेपाली (वि.सं.२०६४)
  • महेश संस्कृत गुरुकुल विद्यापीठ (नेपाल संस्कृत विश्वविद्यालय)
  • उत्तरमध्यमा शु.यजुर्वेद/नेपाली (वि.सं.२०६१)
  • महेश संस्कृत गुरुकुल विद्यापीठ (नेपाल संस्कृत विश्वविद्यालय)
  • पूर्वमध्यमा (S.L.C.) शु.यजुर्वेद/नेपाली (वि.सं.२०५८)
  • महेश संस्कृत गुरुकुल (प.नि.का, सानोठिमी )
प्रारम्भिक शिक्षा :            सिद्धिविनायक माध्यमिक विद्यालय, चितवन

प्राज्ञिक कार्य :

  • महेश संस्कृत गुरुकुलमा अध्यापन ।
  • महेश संस्कृत गुरुकुल विद्यापीठमा शास्त्री तथा आचार्य तहमा व्याकरण, न्याय, मीमांसा, शाङ्करवेदान्त आदि विषयको प्राध्यापन ।
  • २०६२ सालदेखि महेश संन्यास आश्रममा स्वाध्याय प्रवचन ।
  • २०७१ सालदेखि पशुपति परिसरस्थित शङ्कराचार्य मठमा प्रवचन तथा जाउलाखेल सत्संग भवन (ललितपुर), पोखरा, दमौली, विराटनगर, झापा, वीरगञ्ज, हेटौँडा(लगायत देशका विभिन्न स्थानमा मासिक–साप्ताहिक प्रवचन एवं विशेष उद्बोधन ।

पदक – पुरस्कार

  • हरिनाथ ढुंगेल स्मृति पदक (स्वर्णपदक– आचार्य, २०६६)
  • उपकुलपति पदक (ने.सं.वि.स्नातक तहमा सर्वोत्कृष्ट २०६४)
  • नारायणी प्रतिभा पुरस्कार ।
  • राजर्षि जनक स्मृति सम्मान (वि.सं. २०७५)
  • नइ चन्द्रधन पुरस्कार (वि.सं. २०७६)

अनुसन्धान तथा कृतिहरू

  • डा. स्वामी रामानन्द गिरि- एक अध्ययन (२०७६)
  • अद्वेतवेदान्तदर्शने आनन्दस्वरूपम् (शोधग्रन्थ : २०६६)
  • तरुणतपसी नव्यकाव्यमा अद्वैतवेदान्त दर्शनको प्रभाव (शोधग्रन्थ : २०६४)
  • विभिन्न पत्रपत्रिकामा दार्शनिक एवम् अनुसन्धानात्मक लेख रचनाको प्रकाशन ।

सामाजिक कार्य :   

  • वैदिक सनातन धर्म, संस्कृति र संस्कृत वाङ्मयको संवर्धनका लागि पूज्य गुरुवर श्री १००८ डा. स्वामी रामानन्द गिरिजी महाराजद्वारा देवघाटधाममा स्थापित महेश संन्यास आश्रमको अध्यक्षता ग्रहण गरी सुव्यवस्थित सञ्चालन एवं प्रवर्धन ।
  • महेश संस्कृत गुरुकुल तथा विद्यापीठ सञ्चालन गर्दै वैदिक वाङ्मय तथा प्राच्य विद्याको आधुनिक प्रविधिमैत्री पठन पाठनको निरन्तर व्यवस्थापन।
  • २०७४ सालदेखि काठमाडौँ पशुपति देवपत्तनस्थित शंकराचार्य मठको संरक्षण ।
  • ग्रन्थलेखन तथा स्वाध्याय एवं प्रवचनका माध्यमले धर्म संस्कृति एवं संस्कृत शिक्षाको प्रवर्धन।

भ्रमण :

  • नेपाल र भारतका विभिन्न शैक्षिक संस्था तथा तीर्थस्थलको अवलोकन भ्रमण ।

विशेष अभिरुचि :

  • वैदिक सनातन धर्म संस्कृति एवं संस्कृत शिक्षाको प्रचार–प्रसार एवं शाङ्कर वेदान्त दर्शनको अध्ययन र अध्यापन ।

संरक्षक एवं अध्यक्ष :

  • महेश संन्यास आश्रम तथा महेश संस्कृत गुरुकुल (देवघाट, तनहूँ)
  • अम्बरेश्वर संन्यास आश्रम (पोखरा, कास्की)
  • गौरीशङ्कर ब्रह्मविद्यापीठ (पोखरा कास्की)
  • शंकराचार्य मठ (पशुपति काठमाडौं)
  • हंसदा योगाश्रम (जनगाल, काभ्रेपलाञ्चोक)
  • महर्षि गुरुकुल वेदविद्याश्रम (नदीपुर, पोखरा, कास्की)
  • गौरीशङ्कर विद्यापीठ (साधुकुटी, झापा) ।