Body: 

देवघाट–५, तनहूँमा महेश संन्यास आश्रमको नाममा खरिद गरिएको ६५ रोपनी जमिनमा आश्रमका गतिविधिहरु सञ्चालित छन् । पक्की पर्खालभित्र सुरक्षित उक्त जमीनलाई विभिन्न प्रयोजनका भवन, वगैचा, खेलकूद मैदान एवं कृषि उत्पादनमा प्रयोग गरिएको छ । आश्रमका भावी गतिविधिका लागि क्षेत्र विस्तार गर्नुपर्ने भएको छ ।

जमिनको उपयोग

क्र.सं.  प्रयोग  क्षेत्रफल 
 १  भौतिक संरचना (मन्दिर, विद्यालय, आवास, धर्मशाला, गोशाला, मार्ग)  २५ %
 २  कृषि (तरकारी तथा फलफूल)  १६ %
 ३ उद्यान/बगैँचा   १२ %
 ४  खेल मैदान  २४ %
 ५  गौचरन   १८ %
 ६  वृक्षारोपण   ५  %